शैक्षिक गुणस्तरका लागि अभियान

927
views

महेन्द्र जिसी
पर्वत, १५, मंसिर । कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तरको लागि अभियान चलाउने भएको छ । खस्किदो गुणस्तर सुधार्न विद्यालय तहमा पुगेर समस्या सुल्झाउँदै शैक्षिक गुणस्तरमा पहल थालेको हो ।

नगरपालिकाले एउटै प्रकृतिका पाठ्यक्रम लागु गराएर शिक्षामा सुधार ल्याउने पहल गर्ने भएको हो । उप प्रमुख सिता काफ्ले लामिछानेको नेतृत्वमा शिक्षामा सुधार ल्याउने प्रयत्न गरिएको छ ।

विद्यालयमा पुगेर विद्यालयका समस्या सुल्झयाएर गुणस्तरमा सुधार ल्याउन थालिएको काफ्लेले जानकारी दिनुभयो ।

विद्यालयमा पुगेर शिक्षकको दरबन्दी, गुणस्तर सुधारमा अभिभावकहरुको भेटघाट र शिक्षकहरुको अन्त्रकृया गर्ने जनाइएको छ ।

काफ्लेले आधारभुत तहका विद्यालयमा विद्यार्थी संख्या कम हुनु तथा स्थानीय अभिभावकहरुको चासोमा सामुदायीक विद्यालय नपर्नुको कारण नै सामुदायीक विद्यालयको शैक्षिक सुधारको चुनौती रहेको बताउनुभयो ।

विद्यालयमा पुगेर विद्यालयका समस्या बुझेर शिक्षामा सुधारका योजना बनाउने चरणमा नगरपालिका रहेको नगर शिक्षा अधिकारी विष्णु तिवारीले बताउनुभयो ।

तिवारीले शिक्षक र सुमदायको चासोमा परेका विद्यालयहरुमा शिक्षामा क्रमिक सुधार आएको बताउँदै समुदायको चासोमा सामुदायीक विद्यालयलाई अग्रसर गराउन पहीलो काम रहको बताउनुभयो ।

कुश्मामा ६७ वटा सामुदायीक विद्यालयहरु रहेका छन ।