भक्तपुर १ ‘क’ मा कांग्रेसका भडेल विजयी

451
views

भक्तपुर, १५ मंसिर । भक्तपुर क्षेत्र नं. १ ’क’ प्रदेशको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन् ।

भडेलले १३,४४९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालले ११,२०६ मत मात्र प्राप्त गरे ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ५,८२९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले ५७४ मत प्राप्त गरे । यसअघि यस क्षेत्रमा नेकपाले विजयी भएको थियो ।