प्रधानमन्त्री ओली केही बेरमा डिस्चार्ज हुँदै

620
views

काठमाडौं । एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई आज डिस्चार्ज गर्ने तयारी भएको छ । स्वास्थ्यमा सुधार हुँदै गएकोले अब बालुवाटारमै आराम गर्ने गरी डिस्चार्ज गर्नेबारे मेडिकल टिमले तयारी थालेको हो ।

स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओली शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना भएका थिए ।