प्रधानमन्त्री ओली डिस्चार्जपछि बालुवाटार गए

437
views

प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज भएका छन् । एपेन्डिसाइटिसको अप्रेसन गरेर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओलीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

केहि दिनअघिदेखि उपचाररत ओलीको स्वास्थ्यमा सुधारभएसँगै डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटार गएका छन् । उपचारमा संलग्न डाक्टरहरुले प्रधानमन्त्री ओलीलाई केहि दिन आराम गर्न सुझाव दिइएको छ ।