चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको निधन

734
views

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको गएराति निधन भएको छ । भट्टराइको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो । हृदयघातका कारण उनको निधन भएको आशंका गरिएपनि के कारणले निधन भयो भन्ने बारेमा खुल्न सकेको छैन ।

राती एक्काशि विरामी भएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउँदा पुर्याउँदै उनको बाटैमा निधन भएको हो । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् ।

करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात समेत गरेका थिए । भट्टराई तिस दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् । उनले बनाएका ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत छन् । उनले दर्जनौ चलचित्रमा अभिनय समेत गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्माता तथा कलाकार भट्टराईले निर्माण गरेको पछिल्लो चलचित्र ‘यात्रा’ हो । उनले निर्माण गरेका थुप्रै चलचित्रले समाजमा राम्रो छाप छोडेका छन् भने व्यापार पनि उल्लेख्य गरेका छन् । एक बर्ष अघि उनी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । उनको निधनले नेपाली चलचित्र उद्योगमा अपूरणिय क्षति पुगेको छ ।