ग्रिनतारालाई बालकुमार स्मृति फुटसलको उपाधी

425
views

काठमाडौं । ग्रिनतारा चाइल्ड हेभेन स्कुलले प्रथम बालकुमार स्मृति अन्तरबिद्यालय फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ । ग्रिनताराले फाइनलमा लिबर्टी एकेडेमीलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

तेस्रो स्थानको लागि भएको अर्को खेलमा विट्स एकेडेमीलाई त्रिकोण एकेडेमीले २–१ गोलले हराइ तेस्रो स्थान हासिल गरेको छ ।

यसै गरि विट्स एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५(४ गोलले हराई लिबर्टी फाइनल पुगेको थियो । विजेता ग्रिनताराले सेमिफाइनलमा त्रिकोण एकेडेमीलाई ४(१ ले पराजित गर्दै फाइनलको यात्रा गरेको थियो ।

प्रतियोगितामा फेयर प्ले टिम इस्टपोल एकेडेमीले, हाइ स्कोरर विट्स एकेडेमीका लक्ष्मण दर्लामी र बेस्ट गोलकिपर ग्रिनताराका बिनम मगरले हात पारेका छन् । प्रतियोगिताको एन प्वाब्सन गोकर्णेश्वर नगरकमिटिले आयोजना गरेको हो ।

मंग्सिर २६ गते देखि २९ गते सम्म चलेको प्रतियोगितामा काठमाण्डौ जिल्लाका ३९ वटा निजि तथा सामुदायिक बिद्यालयका ४४ टिमले भाग लिएका थिए । बिजयी टिमलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।