बाम सरकारले कामभन्दा बढी गफ गर्यो–महत

618
views

महेन्द्र जिसी
पर्वत, ३०, मंसिर । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका नेता एवं पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले काम भन्दा गफ बढि गरेको आरोप लगाएका छन । प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले दुई तिहाईको सरकार नामको मात्र भएको तर कामको नभएको बताए ।

नेता महतले सरकारलाई सीमा विवाद समाधानका लागि प्रमुख प्रतिपक्षी दलको जुनसुकै साथ र सहयोग रहने पनि स्पष्ट पारे । उनले आर्थिक विकासमा शंका उत्पन्न भएको भन्दै नेपालको आर्थिक समृद्धिमा कृषि, पर्यटन, जलस्रोत, उर्जा, जडिबुटी नै प्रमुख भूमिकामा रहेको उल्लेख गरेका हुन ।

सरकारले जल, जमिन र वातावरणको समूचित प्रयोग गरि आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रम तय गर्नुपर्ने महतको धारणा थियो ।

महतले विगतमा नेपाली काँग्रेस सत्तामा रहँदा गरेको विकास देखाएर सत्तामा पुगेको बाम सरकारले जनताको जीवन स्तरमा सुधार ल्याउने भन्दा पनि निराशा छाउने काम बढी गरीरहेको आरोप समेत लगाए ।

नेता महतले आफ्नो पार्टी गुट र उपगुटमा नलागोस् भन्दै आफुले कुनैपनि गुटको राजनीति नगर्ने समेत बताए ।