सभामुखमा सुवास नेम्वाङ दोहोरिने

646
views

काठमाडौं, ११, पौष । प्रतिनिधिसभाको सभामुखमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ दोहोरिने भएका छन् । उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराएर नेम्वाङलाई सभामुख बनाउने विषयमा आन्तरिक सहमति भएको छ । तुम्वाहाम्फेलाई मन्त्री बनाउने बिषयमा नेताहरु सहमत छन् ।

तर तुम्वाहाम्फेले मन्त्री पदमा जाने की नजाने भन्नेमा दोधारमा छिन् । नेम्वाङलाई नेकपाका दुवै अध्यक्षले सभामुख बनाउने विषयमा आन्तरिक सहमति गरिसकेका छन् ।

तर, नेताहरुलाई पनि सहमत गराएर पार्टीको सचिवालय निर्णय गर्नुपर्ने भएकाले संसद बैठक भने सार्ने तयारी छ । संसदको बैठक आज १ बजे बोलाइएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा जेल पुगेपछि संसदमा सभामुखको खोजी जारी छ ।

नेकपाले निर्णय गर्नुअघि उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिने तयारी छ ।