सुमो दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते

618
views

हेटौंडा । कुलेखानी–काठमाडौं सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

काठमाडौंबाट जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो इन्द्रसरोबर गाउँपालिका–३ ओखलडाँडा सडकबाट तल खस्दा तीन जनाको घटननास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।