पाङराङमा २ दिने वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै ।

2018
views

निर्मल पौडेल
पर्वत, १४, पौष । अखिल नेपाल प्रवासी युवा संघको आयोजना,लायन्स क्लव अफ पर्वत भुमेकोट र फलेवास नगरपालिकाको सहकार्यमा फलेवास नगरपालिका ११ पाङराङमा वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

दुर्गमका नागरिकहरु लाई स्वास्थ्य लाभ संगै स्वास्थ्य जाँचको लागि यही पौष १८ र १९ गते पाङराङ स्वास्थ्य चौकीमा निशुल्क शिविरको आयोजना गरिएको हो । शिविरमा विशेषगरी मुटुरोग, फिजिसियन र आँखा रोगका विरामीहरुले स्वास्थ्य जाँच गरी फाईदा लिन सक्ने अखिल नेपाल प्रवासी युवा संघका उपाध्यक्ष पदम राज कुवँरले जानकारी दिएका छन् । शुक्रवार दिउसो १ वजे देखी र शनिवार विहान ७ वजेदखी वेलुका ५ वजेसम्म सञ्चालन हुने छ । 

सामाजिक कार्यमा सकृय आफ्नो संगठनले विभिन्न समयमा यस्ता शिविरहरु सञ्चालन गरेर दुरदराजका विरामीहरु लाई सेवा प्रदान गर्दै आएको र यसपाली लायन्स क्लव अफ पर्वत भुमेकोट संगै फलेवास नगरपालिकाको सहकार्यमा शिविरको आयोजना गरेको कुवँरले वताए । शिविरमा गंगालाल हृदयरोग केन्द्र काठमाण्डौका विशेषज्ञ डाक्टर अनिल भट्टराई र अन्य आँखारोग विशेषज्ञहरुले सेवा प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ । विभिन्न किसिमका विरामीहरु लाई शिविरमा उपस्थिती भई स्वास्थ लाभ लिन समेत आयोजकले आग्रह गरेको छ ।