चिसोले दिनहूँ बिरामी पर्न थाले राउटे बालबालिका

1111
views

सुर्खेत,१४, पौष ।गर्दै आएका  राउटे समुदायलाई पोषिलो खानेकुराका र न्यानो कपडा वितरण गरिएको छ । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर ४ लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।

हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएका राउटे समुदायलाई जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिए ।

ती समुदायका मागअनुसार न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरिएको उनले बताए । ‘राउटे अगुवाले चिसोले सतायो’ भनेर खबर पठाएपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग जुटाइएको अध्यक्ष खड्काको भनाई छ ।

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताए । ‘चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ’, उनले भने, ‘कपडा पाएपछि अलि राहत मिलेको छ ।’