बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा चितुवा आतंक

853
views

बर्दिया, १८, पुष । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा चितुवा आतंक निकैबढ्दै बढ्दै गएको छ ।चितुवाको आतंक बढ्दैगएपछि स्थानीयवासी त्रसित बनेका छन् । निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेतको बराहताल गाउँपालिकाका गाउँमा चितुवा पसेर दिनहुँ दुःख दिन थालेपछि स्थानीय त्रसित बनेका हुन्। चितुवाको आक्रमणबाट बिहीवार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका–३ नरसिँहकाँडा गाउँकी ५४ वर्षीया अमृता बराल गम्भीर घाइते भएकी छिन् ।

घर नजिकै बारीमा घाँस काट्दा उनलाई चितुवाले आक्रमण स्थानीय शिक्षक टीकाराम भण्डारीले जानकारी दिए । चितुवाले बरालको खुट्टामा टोकेको छ । उनले हँसियाले हानेपछि चितुवा भागेको घाइतेका आफन्तले जनाएका छन्। घाइतेलाई उपचारका लागि कोहलपुर लगिएको बर्दिया निकुञ्जले जनाएको छ ।

यस्तै, गत सोमबार बराहताल–३ लेखगाउँकी ४५ वर्षीया चन्द्रकला नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । यस्तै, गत असोजमा चितुवाको आक्रमबाट एक बालक घाइते भएका थिए । यसअघि करिब पाँच वर्षअघि जंगली जनावर भगाउन घरमा राखिएका २५५ वटा भरुवा बन्दुक निकुञ्जको उत्तरी क्षेत्रका तरंगा, लेखपराजुल, हरीहरुपुर र छिन्छुका स्थानीयवासीले निकुञ्ज प्रशासनमा बुझाएका थिए ।

चितुवाले आतंक मचाउन थालेपछि बर्दिया निकुञ्जबाट प्राविधिक टोलीसहित निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना त्यसतर्फ पठाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा पाटे बाघ, जंगली हात्ती र चितुवाले पछिल्लो समय जनधनको क्षति पु¥याउन थालेपछि स्थानीय त्रसित बनेका हुन् ।