कालडाँडा भीरमा जिप दुर्घटना, चारजनाको मृत्यु

518
views

बाजुरा । हिमाली गाउँपालिका ७ बाधुको कालडाँडा भीरमा से १ ज १०६४ नम्बरको जिप दुर्घटनामा परेको छ । कर्णाली नदीमा खसेको जिपमा सवार ४ जनाको मृत्यु भएको छ ।

४ जनामध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ । एकजना अहिले पनि वेपत्ता छन् भने चारजना घाइते भएका छन ।

जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टीतर्फ आउँदैगरेको बुझिएको छ । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।