कुनपा ११ पकुवामा समुदाय प्रहरी साझेदारी सचेतनामुलक कार्यक्रम सम्पन्न, अपराध गर्ने जो कोहीलाई पनि छुट नहुने : प्रनाउ अर्याल

943
views

निर्मल पौडेल पर्वत, २२ पौष २०७६
सामाजिक अपराध न्यूनिकरण सम्वन्धी विषयमा समुदाय संग अन्र्तक्रियात्मक तथा सचेतनामुलक कार्यक्रम कुस्मा नगरपालिका ११ पकुवामा सम्पन्न भएको छ । कुनपा ११ वार्ड कार्यलयको आयोजना तथा जिल्ला प्रहरी कार्यलय पर्वत,सामुदायिक सेवा केन्द्र कुस्मा र विरेन्द्र माध्यमिक विधालयको सहकार्यमा विरेन्द्र माविको सभाहलमा मंगलवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक अपराध न्यूनीकरण तथा अन्य समसामयिक विषयमा देखा परेका समस्या र सुधार गर्नुपर्ने विभिन्न विषयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी नायव उपरिक्ष श्यामु अर्यालले सवालको जवाफ दिएका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सामाजिक अपराध न्युनिकरण गर्न समुदायले प्रहरी संग समन्वय गरेर सचेतना मुलक कार्यक्रमहरु वेलावेलामा सञ्चालन गर्नुपर्ने वताइन् । समाजमा अपराधको मुख्य कारण जनचेतानाको अभावले वृद्धि हुने भन्दै नेपालले हरेक नागरिक सचेत वन्नुपर्ने वताईन्। नेपालले सामजिक अपराध र आत्महत्याका विषयमा बताउनुका साथै लैङ्गीक हिंसाको कारणले समाजको शान्ति सुरक्षामा खलल पुग्ने भएको हुँदा लैङ्गीक हिंसा न्यूनीकरण गर्नका लागी घर घरबाट सचेत भएर जुट्नु पर्नेमा जोड दिईन् ।
कार्यक्रममा सहभागिहरुले उठाएका सवालको जवाफ दिँदै जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले अपराध गर्ने जो कोही लाई पनि छुट नहुने वताए । समाजमा हुने महिला हिँसा, जाँडरक्सी उत्पादन सेवन तथा विक्रीवितरण, जुवातास, वालविवाह, छुवाछुत , जातिय भेदभाव संगै साईवर अपराध लगायतका विकृतीहरु कम नहुनुमा जनचेतनाको कमीनै मुख्य कारण हुने भन्दै सवै नागरिकहरु लाई सचेत हुन आग्रह गरे । कानुन भन्दा कोही पनि माथी नहुने भन्दै अर्यालले सामाजिक अपराधले समाजमा पर्न गएको असर र यस किसिमका अपराधहरु न्यूनीकरण गर्न समाजमा रहेका प्रत्येक व्यक्तिहरुको आ आफ्नै विशेष भुमिका हुने वताए । अर्याललेपछिल्लो समय साईवर क्राईम वढ्दै गएको भन्दै विभिन्न सामाजिक संजालहरुको प्रयोग गर्दा सजग हुनुपर्ने कुरामा जोड दिएका थिए । सामुदायिक सेवा केन्द्र कुश्माका ईन्चार्ज प्रहरी नायव निरीक्षक पुर्णिमा थापाले कार्यक्रमको विषय माथी प्रकाश पार्दै स्वागत मन्तव्य राखेको कार्यक्रममा सोही विद्यालय व्यस्थापन समिती अध्यक्ष रमेश मल्ल, नेकपा जिल्ला सदस्य भिम बहादुर नेपाली, नेपाली काँग्रेसका स्थानिय प्रतिनीधी हर्क बहादुर मल्ल, सामुदायिक सेवा केन्द्र कुश्माका निवर्तमान अध्यक्ष मानकुमारी गिरी तथा कुश्मा नगरपालिकाका प्रशासकिय अधिकृत हरि पंगेनी लगायतले कार्यक्रमको विषयमा केन्द्रित रहेर आफ्नो भनाई राखेका थिए । यसैगरी कार्यक्रममा कु न पा वडा नं २ का वडाअध्यक्ष यदुनाथ बास्तोलाले यस्ता कार्यक्रमले समाजमा सकरात्मक सन्देस जाने र शान्तिपुर्ण समाजको निर्माण गर्न सहयोग पुग्ने र समाजका हरेक व्यक्ति उत्तिकै जागरुक भई सवै सरोकारवाला निकायहरु सहकार्य गर्दै अगाडी वढ्नु पर्ने कुरामा जोड दिएका थिए । जिल्ला स्वस्थ्य कार्यालयका प्रमुख डा भोजराज गौतमले कार्यक्रममा सामाजिक अपरध “आत्महत्या” का विषयमा आफ्नो प्रतुति राखेका थिए । यसैगरी कार्यक्रममा विशिष्ट अतिथी कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भोजराज गौतम, सामुदायिक सेवा केन्द्र कुश्माका निवर्तमान अध्यक्ष मानकुमारी गिरी, सामुदायिक सेवा केन्द्र कुश्माका उपाध्यक्ष तुप्ला शाक्य, सामुदायिक सेवा केन्द्र कुश्माका ईन्चार्ज प्रहरी नायव निरीक्षक पुर्णिमा थापा, स्थानिय राजनितिक दलका प्रतिनीधीहरु, सम्बन्धीत वडाका वडा सदस्यहरु, सोही विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु, ज्येष्ठ नागरीक, वुद्धिजीवी, समाजसेवी लगायत अन्य सर्वसाधारणहरु गरी १५० जनाको उपस्थिति रहेको थियो ।

कुश्मा नगरपालिका वडा नं ११ का वडाअध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षता, प्रमुख जिल्ला अधिकरी कल्पना घिमिरे नेपालको प्रमुख आथित्यता तथा प्रनाउ श्यामु अर्यालको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।