बेलायतका सबैभन्दा खतरनाक बलात्कारी :जसले गरे १३६ पुरुषको बलात्कार

619
views

पुष २३, २०७६
काठमाडौं ःबेलायतमा एक सय बढी यौन अपराधका दोषीलाई सार्वजनिक गरिएको छ।

रिनहार्ड सिनागा नाम गरेको एक पुरुष जसले १५९ वटा यौन अपराध गरेका थिए। उनलाई त्यहाँको प्रहरीले पहिचान गरी सार्वजनीक गरेको छ। उनले गरेका १५९ यौन अपराधमध्ये १३६ वटा बलात्कार रहेको खुलेको छ। अदालतले सिनागाले म्यानचेस्टरका क्लबबाट मात्रै ४८ जना पुरुषलाई फकाइफुल्याइ आफू बस्‍ने कोठामा लगेर बलात्कार गरेका जनाएको छ। त्यहाँको प्रहरीले अनुसन्धानका क्रममा उनले १९० जनालाई निशाना बनाएको पुष्टि भएको छ। ३६ वर्षीय सिनागाले यसअघि नै दुईवटा मुद्दामा जन्मकैदको सजाय काटिरहेका छन्। उनी बेलायतमा बस्दै आएका इन्डोनेशियाली नागरिक हुन्।

अदालतले उनलाई चार छुट्टाछुट्टै मुद्दामा १३६ बलात्कार, आठ बलात्कारको प्रयास र १४ अन्य यौन अपराधमा दोषी ठहर गरेको बिबिसीले जनाएको छ। अनुसन्धानले देखाएअनुसार सिनागाले प्रायः त्यस्ता पुरुषलाई निशाना बनाउथे जो समलिंगी थिएनन्। प्रहरीका अनुसार बेलायतको न्यायिक इतिहासमै सिनागा सबैभन्दा खतरनाक बलात्कारी हुन्। उनी विश्वकै सबैभन्दा खतरनाक बलात्कारी भएको समेत बेलायती प्रहरीको आशंका छ। न्यायाधीशले भने स् राक्षसजस्तै यौन शिकारी सोमबार अदालतमा सुनुवाइका क्रममा न्यायाधीश सुन्जैन गोडार्डले भने, ‘रिनहार्ड सिनागा राक्षसजस्तै यौन शिकारी हुन्, जसलाई कहिल्यै रिहा गर्न सकिन्‍न, रिहा गर्नु झन् खतरनाक हुनेछ।’ उनलाई कम्तिमा पनि ३० वर्ष जेलमा राख्‍न अदालतले आदेश दिएको छ।

अदालतले यो मामिलामा रिपोर्टिङमाथिको प्रतिबन्ध हटाइदिएपछि मात्र सनागाको पहिचान सार्वजनिक गरिएको हो। पुरुषलाई यसरी पार्थे जालमा सिनागा म्यानचेस्टरका नाइट क्लब र बारहरूबाट निस्कने पुरुषहरूको प्रतीक्षा गरि बस्थे। पुरुषहरू बाहिर निस्किएलगत्तै उनी अनेक सहयोगको नाटक गर्थे। उनीहरूलाई रक्सी किनिदिने, ट्याक्सी बोलाइदिने जस्ता सहयोग गरी आफू बस्‍ने कोठासम्म लैजान्थे। उनका लागि अनजानमा शिकार बनिरहेका पुरुषहरूलाई मदिरा मात्र नभइ बेहोस् हुने औषधिसमेत खुवाएर बेहोस बनाई उनीहरूको बलात्कार गर्थे। ब्युँझिएपछि पीडित पुरुषहरूमध्ये धेरैजसोले आफूमाथि के भएको थियो भनेर थाहा नै पाउँदैनथे। पक्राउ पर्नुअघि सिनागा युनिभर्सिटी अफ लिड्सबाट पिएचडी गरिरहेका थिए। उनले कैयौँ वर्षदेखि पुरुषहरूको बलात्कार गर्दै आएका थिए।

प्रहरी चकित सिनागा सन् २०१७ जुनमा पक्राउ परेका हुन्। एकदिन एक पुरुषलाई बेहोस बनाएर उनले बलात्कार गर्ने प्रयास गरे। ठीक त्यसै बेला ती पुरुष होसमा आएर र आफूमाथि हुन लागेको कर्तुत थाहा पाए। लगत्तै प्रहरीलाई उनले खबर गरे। सिनागालाई पक्राउ गरेपछि उनको कर्तुत थाहा पाएर प्रहरी आश्चर्य चकित हुन्छ। उनको मोबाइल फोन कब्जामा लिएर हेर्दा प्रहरीले त्यसमा सयौँ घण्टासम्मको फूटेज भेटाउँछ जुन भिडियो सिनागाले बलात्कारको क्रममा बनाएका थिए। यो नै बेलायतको इतिहासमा बलात्कारको सबैभन्दा ठूलो अनुसन्धानको प्रमाण तथा कारण बनेको प्रहरीले जनाएको छ। सिनागाले आफ्नो शिकार बनाउनुअघि पीडित पुरुषहरूलाई बेहोस बनाउन निक्कै खतरनाक र प्रतिबन्धित औषधि ९ड्रग्स० दिने गरेको खुलेको प्रहरीको भनाइ छ। सिनागाले भने आफू स्वंयमलाई निर्दोश भनेका छन्। ती सबै पुरुषहरूसँग सहमतीमै सम्बन्ध बनाएको बताएको उनको दाबी छ। पीडित भन्छन् ।।। अदालतमा पढेर सुनाइएका बयानमा पीडितहरूले उनलाई नरपिशाचसमेत भनेका छन्।

एक पीडितले ‘सिनागाले मेरो जीवनको एक हिस्सा नष्ट गरिदिए’ भनेका छन्। अर्का पीडितले भने, ‘म ऊ कहिल्यै जेलबाट बाहिर नआओस् भन्ने कामना गर्छु र उ नर्कमा सडोस्।’ सिनागाको शिकार बनेका कयौँ पुरुषहरूको म्यानचेस्टरस्थित सेन्ट मेरी सेक्शुअल रेफरल सेन्टरमा काउन्सिलिङ भइरहेको बिबिसीले जनाएको छ। कयौँ पुरुषहरू अझै पनि आफूमाथि भएको त्यो घटनाबाट उत्पन्‍न मनोदशाबाट बाहिर निस्कन सकेका छैनन्। कयौँ पुरुषहरू मानसिक पीडा र आत्महत्याको मानसिकताबाट गुज्रिरहेका त्यहाँको प्रहरीले जनाएको छ। अनुसन्धानकर्ताहरूले सिनागाको शिकार भएका ७० जना अन्य पीडित पुरुषहरूको पहिचान गर्न अझै भइनसकेको बताएका छन्। बिबिसीबाट