बिपि स्मृति भवन निर्माणका लागि आर्थिक संकलन

1398
views

कुश्मा, २४, पौष । कुश्मा नगरपालिका ८ चुवामा बिपि स्मृति भवन निर्माणकाका लागि आर्थिक संकलन कार्यक्रम सप्पन्न भएको छ । एउटै कार्यक्रममा स्थानीय नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु बाट ४ लाख २८ हजार ८ सय ७२ रुपैयाँ बिपी स्मृति भवन निर्माणका लागि संकलन भएको छ । त्यस्तै साबिकका वडा बाट आर्थिक संकलनका लागि स्थानीय कांग्रेस सभापतिको संयोजकत्वमा समिती समेत गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं बिपी स्मृति भवन निर्माण समिती संयोजक अर्जुन प्रसाद जोशीले नेपाली कांग्रेस बलियो बनाउन चुवाबासीको यैतिहाँसिक भुमिका रहेको बताउँदै नेपालमै कांग्रेसको आधुनिक सुबिधासम्पन्न भवन निर्माण गर्न लागिरहेको बेला बिपी स्मृति भवनमा सबैको भावना जोडिन पनि जिल्ला भरिका कांग्रेस प्रेमीहरुले भवन निर्माणका लागी आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा बिपी स्मृति भवन निर्माण समितीका सचिबालय सदस्य शिव सुवेदी कुश्मा नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार क्षेत्री लगायत स्थानीय नेता कार्यकर्ताले आफ्ना धारणा राख्नुभएको थियो ।

नेपाली कंग्रेस कुश्मा नगरपालिका ८ नेपाली कांग्रेसका सभापति देबि प्रसाद पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत ट्रेड युनियन पर्वतका अध्यक्ष सुरेन्द्र केशी र कार्यक्रमको संचालन नेपाली कांग्रेस कुश्मा नगरपालिका ८ का सचीव लक्षमण पौडेलले गर्नुभएको थियो ।