सत्तारुढ नेकपा सचिवालयमा ‘एमसीसी, अनिर्णयको बन्दी

712
views

सीताराम थापा
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नस्विकार्ने पक्षमा दुई तिहाई बहुमत पुगेको भएपनि वहस जारी छ । भर्खर सम्पन्न नेकपाको स्थायी समितिमा व्यापक संवाद भएपछि बुझेर निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको थियो ।

स्थायी समितिले हस्तान्तरण गरेको आधा महिना पुग्दा समेत यसबारेमा नेकपा सचिवालयभित्र बिबाद कायम रहेको सचिवालयय श्रोतको भनाई छ । ।

उता प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र केही मन्त्रीहरुले एमसीसी सम्झौता संसदबाट पारित हुन्छ भनेर एकोहोरो भनिरहेका छन् । यही बेला अमेरिकी दुतावासले समेत एमसीसी इण्डोप्यासिक रणनीति अन्तगर्तकै अङ्ग भनेर अर्थ लगाईसकेकोले पार्टी र सरकार दुबैलाई निर्णय लिन कठिन छ ।

यतिमात्र हाईन नेकपाको सचिवालय अधिकांस सदस्यहरुले हालकै अवस्थामा एमसीसी कुनै हालतमा पारित गर्न नहुने अडान लिएको नेता लिलामणि पोखरेल बताउँछन । उनी भन्छन ‘यतिकै पारीत भए राष्ट्रियतामा खतरा निम्तिन्छ ।’

नेकपाका प्रभावशाली नेता देव गुरुङ, भिम रावल, गोकर्ण बिष्ट, योगेश भट्टराई लगायतका नेताहरु बिपक्षमा अभिमत प्रकट गरिरहेका छन । एमसीसी पास गर्ने पक्षमा अध्यक्ष ओली, महासचिब बिष्णु पौडेल अग्रपङ्तिमा छन । प्रचण्ड, बामदेब गौतम, झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल समेतले फरक मत जाहेर गरेका छन ।

जसलाई नेपाल सरकारका केही मन्त्रीहरुले इण्डोप्यासिफिक अन्तर्गत एमसीसी नभएको भन्ने भनाइलाई खण्डित गरिदिएको र यो विषयलाई अघि बढाउन नेकपा सचिवालय र सरकार दुवैलाई अप्ठेरो भएको नेकपाकै नेताहरु मतैक्यता प्रकट भएको छ ।