मोबाइल सुरक्षित चार्ज गर्ने उपाय यस्तो छ

878
views

पौष, २८, गते । स्मार्टफोनको सबैभन्दा ठूलो समस्या ब्याट्री चार्जिङ हो । कहिलेकाही गुणस्तरीय फोनसमेत ब्याट्रीकै कारण प्रयोगविहीन बन्न पुग्छ । मोबाइल चार्जिङको समयमा केही गल्ती गर्दा मोबाइल नै ब्लास्ट हुने सम्भावना हुन्छ।

 

मोबाइल फुल चार्ज भइसकेपछि पनि प्लगबाट नहटाउने कतिपय मानिसको बानी हुने गर्छ। तर, यो मुर्खता हो । फुल चार्ज भइसकेपछि पनि प्लग हटाइएन भने मोबाइलको ब्याट्री फुल्नेजस्ता समस्या आउने गर्छ ।

सकभर मोबाइलको चार्ज १०० प्रतिशत हुनु पहिला नै मोबाइललाई चार्जरको प्लगबाट हटाउने गर्नुपर्छ । मोबाइल फूल चार्ज भएपछि पनि त्यसलाई लगातार चार्जमा राखिए मोबाइल ब्लास्ट हुने सम्भावना हुन्छ ।

मोबाइललाई जतिखेर पायो त्यतिखेर चार्जमा नराख्नुहोस्। मोबाइलको ब्याट्री पूरै डाउन हुन नदिनुस् कम्तीमा १० प्रतिशतभन्दा तल पुग्ना साथ चार्जमा राख्ने गर्नुस् ।

आफ्नो स्मार्टफोनलाई तातो ठाउँमा नराख्नुहोस्। तपाइँले याद गर्नुभएको होला हाम्रो मोबाइल चार्ज गरेपछि तातो हुने गर्छ । चार्जपछि फोनलाई तातो ठाउँमा राख्नाले मोबाइल ब्लास्ट हुन सक्छ । याद राख्नुस् मोबाइल चार्ज गर्दा पनि त्यसलाई तातो ठाउँमा राखेर चार्ज गर्नुहुन्न।

मोबाइल राख्दा जीपीएस आधारित एप बन्द गरेर राख्नुहोस्। यसलाई जरुरीमा मात्र प्रयोग गर्ने गर्नुपर्छ । यस्ता फिचरले ब्याट्री छिटो सक्ने र फोनलाई तातो बनाउने काम गर्छन् ।