फार्ममै मर्न थाले किसानका बंगुर

1247
views

जितेन्द्र थापा
सुर्खेत, २८, पौष । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१ बाङ्गे सिमल सिर्जना टोलमा शेर बहादुर थापाले पालेका बंगुरहरु खोरमै विरामी भएर मर्न थालेपछि चिन्तित बनेका छन् । खोरमा पालेका २५ वटा बंगुर विरामी परेर दिनहुँ मर्न थालेको थापाले बताए ।

माउ र पाठा गरी २५ देखि ३० वटा रहेको खोरमा सबै विरामी भएर मरे । अहिले खोरमा जम्मा सातवटा मात्र बङगुर रहेको थापाले बताए । एउटा मात्र बेच्दा महिनाको ५० देखि ६० हजार आम्दानी हुन्थ्यो, घरखर्च चलाउने आयस्रोत पनि हो, थापाले भने ‘बङगुर विरामी भएर मरेपछि व्यावसाय नै चौपट भएको छ ।’

अहिले विरामी भएर १० वटा पाठाहरु र ८ वटा माउ बंगुर मरिकसेको र अरु पनि झुल्ने, दानापानी नखाने, जवरो आउने, शरिरमा निलो डाम बस्ने र एकदुई दिनमै मरिहाल्ने गरेको उनले बताए ।

थापाले भने ‘‘जिल्ला पशुसेवा कार्यलयमा पुगेका थियौं, प्राविधिक पनि आए, रोग थाहा भएन भनेर औषधी दिएर गएपनि औषधीले काम नै गरेको छैन, झनैबिरामी परेका छन् ।’’