लाहाचोकमा प्रदेश स्तरीय फुटवल सुरु

620
views

श्रीभद्र पौडेल
हेमजा, २, माघ । माछापुच्छे« गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा बुधवारदेखि गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला ११ ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ ।

मुख्य प्रायोजक भिजन लुम्बिनी प्रालि रहेको प्रतियोगिताको शुभारम्भ युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरे ।

प्रतियोगिता अन्र्तगत आयोजक समूह र बाग्लुङ जिल्ला फुटवल संघ बीच भएको उद्घाटन खेल टाइबे्रकरमा ४–३ गोलअन्तरले आयोजक समूहले जितेको छ । खेल अवधिभर १–१ को वरावरी भएपछि खेल टाइबेकरमा घकेलीएको थियो । आयोजक समूहको तर्फबाट विवेक सन्तोषी र म्यान अफ दी म्याच बन्न सफल संघका निशान थापाले निर्धारित समयमा १/१ गोल गरेका थिए ।

कार्यक्रमको अवसरमा लाहाचोकलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ स्थानीय अर्मला देउरालीबाट दुई प्याराग्लाइडिङ उडान भरी खेलमैदानमा अवतरण गराइएको थियो । जसको नेतृत्व प्याराग्लाइडिङ पाइलट राम गौतमले गरेको थिए । पाइलट विजय गौतम र अमन थापाले उडान भरेका थिए ।

पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको क्लवले जनाएको छ।कुल १२ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

आज पहिलो खेल विष्णुपादुका क्लव हेमजा र बौद्घ हिमालय क्लव गोरखा बीच विहान १० बजेदेखि हुने आयोजकले जनाएको छ ।