पोखरा मणिपाल हस्पिटलमा चम्ल्याहा बच्चाको जन्म

679
views

पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडेल प्रधानले चारवटा बच्चा जन्माएकी छिन् । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया सुनिताले शल्यक्रिया मार्फत चार बच्चालाई जन्म दिएकी हुन ।

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।

अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ ।