कर्णाली प्रदेश सडक मानवरहीत घोषणा

646
views

सुर्खेत, ५, माघ । कर्णाली प्रदेशलाई सडक मानवरहीत घोषणा गरिएको छ । विभिन्न सार्वजनिक स्थलमा माग्दै दैनिकी गुजारा चलाउदै आएका वेसाहारालाइ उद्धार गरि मानव सेवा आश्रममा राखिए पछी प्रदेश सडक मानवरहित घोषणा भएको हो । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय,जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमले प्रदेशलाई सडक मानवरहित बनाएका हुन् ।

कर्णाली प्रदेशलाई सडक मानवरहित बनाउनका लागि सरकारले २०७५ पुष १० गते औपचारीक निर्णय गरी सहकार्यको शुभारम्भ गरेको थियो । सैविधानले मौलिक हकका रुपमा सुनिश्चित गरेको अधिकारको प्रत्याभुती यस प्रदेशमा गराउने हेतुले विभिन्न हिसांका कारण वेसाहारा भइ सडकमा नै जिवन विताउन बाध्य सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यबस्थापनको लागि २०७६ पुष ८ गते मनत्री परिसदको बैठकले निर्णय गरेको थियो । हिजो शनिवार वीरेन्द्रनगमा एक कार्यक्रमका विच सोही निर्णयलाई सरकारले कार्यान्वयन गरेको हो ।

संरक्षण विहिन तथा स्वम आफ्नो लागि केहीगर्न नसक्ने अबस्थामा पुगेका खुला आकासमुनि रात विताउन बाध्य वेशाहारा तथा एक गासँ भजन र कपासको अभावमा मागेर काम चलाइ रहेका वा मागेर समेत काम चलाउन नसक्ने अबसथामा रहेका सहयोगापेक्षीका लागि यो अभियान सरकारले ल्याएको हो ।

प्रदेशमा रहेका सहयोगापेक्षीकोसंरक्षणका लागि धेरै पहल गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  वेसाहाराका लागि साहारा दिन सक्ने कोही नभेछिएपछी मानवसेवा आश्रमले नै सहयोग गरेको मन्त्रलयका सचिव मानवहादुर विकेले बताए ।

कर्णाली प्रदेश सरकारका मुख्यमनत्री मेहेन्द्र बहादुर शाहीले वेसाहाका लागि साहारा दिने कर्णााली प्रदेश सरकार भएको आभास दिलाउनुभयो । उहाँले प्रदेशमा आमाबाबु विहिन भएका टुहुरा बालबालिकालाई पढाउने जिम्मा सरकारले लिने बताए ।

साहार नभएका बृद्धाबृद्धका लागि पनि सरकारले साहारा दिने आश्वासन दिलाए । प्रदेशमा रहेका १० वटै जिल्लामा सामाजिक विकास कार्यालय मार्फत वेसाहारा नागरिकलाई सम्पुर्ण व्यबस्था हुने गरी सरकारले काम गर्ने बताए । सरकारले वेसाहाराका लागि पनि आसालाग्दो जिवन जिउने बातावरण सरकारले सिर्जना गर्ने प्रतिवद्धता जनाएको छ ।

साथै अब सार्वजनिक स्थानमा माग्न नपाइने भएको छ । यसअघि देउती बज्यै तथा अन्य सार्वजनिक स्थलमा बसेर माग्दै आएका व्यक्तिहरु बेसाहारा नभईँ पेशेवर मगन्ते रहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । दैनिक विहान माग्दै परिसरमा जानेहरु वीरेन्द्रनगरमा घर भएका व्यक्तिहरु रहेको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।

नगरपालिकाले नियमित अनुगमनपछि उनिहरु ‘पेशेवर मगन्ते भएकाले उनीहरुको उद्धार गरेर आश्रममा राखेपछि मन्दिरलाई सयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेको समेत बताउनुभयो ।