सभामुखमा सापकोटाविरूद्ध भुषाल

679
views

काठमाडौँ, ६ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीबाट केन्द्रिय सदस्य एवं सचेतक पुष्पा भुषाललाई उठाउने तयारी गरेको छ ।

नेकपाले आइतवार स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले उम्मेदवारका रूपमा सांसद पुष्पा भुषाललाई उठाउने गृहकार्य सुरू गरेको हो । रिक्त सभामुख पदका लागि आज सोमवार बस्ने संसदको बैठकले निर्वाचन प्रक्रिया सुरू गर्ने भएको छ ।

कांग्रेसले द्वन्दकालमा हत्या अभियोगमा मुछिएका सापकोटालाई सभामुख जस्तो गरिमामय पदको उम्मेदवार बनाएको भन्दै उम्मेवारी दिन लागेको हो । अग्नि सापकोटामाथि द्वन्दकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको मुद्दा सर्वोच्च अदालतमा विचारधिन अवस्थामा छ ।

कांग्रेसले सापकोटाको उम्मेदवारीले सभामुख पदको गरिमा नै धरापमा पर्ने र यसले कानुनी राज्यको उपहास भएको प्रतिक्रिया दिएको छ ।