धादिङमा यात्रु बोकेको ट्रक दुर्घटना, ६ जनाको मृत्यु

1096
views

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–४ मा यात्रु बोकेर आएको बस दुर्घटनामा परेको छ । दुघृटनामा परि ६ जनाको ज्यान गएको छ । ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

ज्वालामुखी गाउँपालिका–४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो । ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । अईचर ट्रक तीब्र गतिका कारण दुर्घटनामा परेको हो ।