जुम्लामा ट्रयाक्टर दुर्घटना एकको मृत्यु,तिनजना घाइते

634
views

जुम्ला, ८, माघ । जुम्लाको पातारासी गाउँपालिका–२ बाँतामा ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु र तीनजना घाइते भएका छन । ट्रयाक्टर दुर्घटनामा परि बाँताका सात वर्षीय सुदीप बुढाको मुत्यु भएको छ ।

सोमबार साँझ भएको दुर्घटनामा १० वर्षीय कमल बुढा, पातारासी, हीराबहादुर महतारा र पेरेगाउँका ट्रयाक्टर चालक विजय कामी घाइते छन् ।

उनीहरुमध्ये बुढा र कार्मीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सोमबार साँझ बाँतागाउँबाट मकै बोकेर जुम्ला बजारतर्फ आउँदै गरेको भे १ त ७३ ८५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो ।