कोरोना भाइरसबाट चीनमा ४१ जनाको मृत्यु ,तीन करोड मानिसको यात्रा प्रभावित

593
views

चीन, ११, माघ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । शुक्रबारसम्म यो भाइरसबाट २६ जनाको मृत्यु भएको भनिएकोमा चीनियाँ अधिकारीहरुले अरु १५ जनाको समेत ज्यान गरेको पुष्टि गरेका हुन् ।

हुबेई प्रान्तका यी १५ समेत गरी अहिलेसम्म चीनको मूख्यभूमीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन दर्जन नाघेको हो। मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसबाट बचाउन चीन सरकारले ११ वटा शहरहरुमा यात्रामाथि प्रतिबन्ध लगाएको छ ।

नयाँ बर्ष लुनारको छुट्टीमा विश्वभर घुम्ने चीनियाँ यात्रुहरु पनि देशभित्रै थुनिएका छन् । कोरोना भाइरसका कारण झण्डै तीन करोड चीनियाँ यात्रुहरु घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गत डिसेम्बरमा यो भाइरस पहिलोपटक चीनको वुहान प्रान्तमा भेटिएको थियो । अहिले यो भाइरस किन्घी र तिब्बतबाहेक चीनका हरेक प्रान्तमा फैलिएको छ ।

चीन बाहेक विश्वभर ९०० जनामा यो भारइसको संक्रमण देखिएको छ। चीनमा मात्रै १०७२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।