राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

488
views

काठमाडौं, १०, माघ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । सरकारले द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै राजिनामा दिएका हुन ।

मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो ।

प्याकुरेलले सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार राजिनामा पत्र पेस गरेका छन् ।