बैतडीमा कार दुर्घटना परि एकको मृत्यु, एक जना घाइते

421
views

बैतडी २४, माघ ।  सिकाउदैं गर्दा कार दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा दुर्घटनाग्रस्त कारका मालिक दशरथचन्द नगरपालिका ४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

बिहीवार राति बा ६ प ९१९९ नम्बरको कार दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित घुसल्ला मोड नजिककै निर्माणधिन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त कार मैदानभन्दा करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कृषी विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन्। घाइते पाण्डेयको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।