तीनदिने गाईभैंसीपालन तालिम

816
views

पर्वत, १, फागुन । पर्वतमा तीनदिने गाईभैंसीपालन तालिम बुधबारदेखि सदरमुकाम कुश्मामा सञ्चालित भएको छ । कुश्मा नगरपालिका पशु सेवा शाखाको आयोजनामा व्यावसायिक पशुपालन कृषकहरुका लागि सञ्चालित तीनदिने तालिममा कुश्मा नगरपालिकाका १४ वटै वडाहरुबाट २५ जना कृषकहरुको सहभागिता रहेको छ ।

तालिममा पशुपालन क्षेत्रमा देखिएका समस्याहरुको समाधान तथा व्यवस्थापनका लागि ज्ञानका विषयमा विज्ञहरुबाट अभिमुखिकरण गरिएको छ ।

तालिममा कुश्मा नगरपालिका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा, प्राविधिकहरु सुदर्शन सुवेदी, राजेन्द्र सुवेदी र चोलाकान्त पौडेलले अभिमुखिकण गरेका छन ।

उक्त तालिम पश्चात पशुपालक कृषकहरुलाई पशुपालन क्षेत्रमा देखिएको समस्या समाधानका लागि केही हदसम्म कम हुने अपेक्षा गरिएको कार्यालय प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए ।