११ देशका १५ जना मुर्तिकार गल्कोटमा

1024
views

सीताराम थापा
बाग्लुङ, ६ फागुन । नेपालकै अन्तराष्ट्रिय स्तर मुर्तिकला कार्यशालाको गण्डकी प्रदेशका मुख्य पृथ्बी सुव्बा गुरुङले उद्घाटन गरि सुरु भएको छ । गलकोट कला प्रतिष्ठानले गलकोट नगरपालिका–५ टेउवामा आयोजना गरेको अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको उद्घाटन गदैं मुख्यमन्त्री गुरुङले लमजुङको घलेगाउजस्तो गल्कोट टेउवा पर्यटनको अन्तराष्ट्रिय हब बन्न सक्ने बताए । मुख्यमन्त्री गुरुङले गलकोटलाई पर्यटकीय हब बनाउन गण्डकी प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रदेश सरकार उत्पादन मुलक क्षेत्रमा लगानी बढाउने र आत्मनिभरमुखी अर्थतन्त्र निर्माणमा जुटेको बताउदैं गुरुङले गण्डकी प्रदेशमा पर्यटन प्रर्वद्धनको लागी ३ सय सामुदायिक होमस्टे सञ्चालन गर्ने महत्वकाक्षी लक्ष्य अनुरुप काम गरिरहेको बताए ।

गल्कोट कला प्रतिष्ठान बागलुङले अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला आयोजना गरेको उक्त कार्यक्रममा नेपालका मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिनुभएको छ । यस्तै जापानका जुनीचिरो सुगीमोतो, चिनका ल्यू याङ्ग, इटालीका बिटिनो फ्रान्सेनी, फ्रान्सका जेबियर गोञ्जालेज, ताईवानका लिन लि जेन, क्यानाडाकी जुली ग्लास्पी, भारतका टुटु पटानायक, ईजरायलका तान्या प्रिमेन्जर ब्राजिलका जर्ज लुइज र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागी भएका छन ।

कार्याशालाको उदघाटन समारोहमा संघिय सांसद मन कुमारी के.सी, गण्डकी प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढामगर, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तिमगर, ईटालियन मुर्तिकार बेतिनो फान्सेनी, युवा पर्यटन ब्यबसायि मेघ के.सी, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा युवा ब्यबसायि मेघ के.सीले आफ्ना बुबाको स्मृतिमा ५ लाख ५५ हजार ५ सय ५५ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । कार्यक्रममा बिश्व प्रसिद्ध मुर्तिकारलाई मुर्तिकार तथा कार्यशालाका योजनाकार ओम खत्रिले परिचय गराएका थिए ।

११ देशका १५ जना मुर्तिकार आईतबार गल्कोट आईपुगेका थिए । मुर्तिकारले १५ दिनको अवधिमा १७ वटा आकर्षक मुर्ति बनाउनेछन् । उनिहरुले ढुंगा कुँदेर गौतम बुद्ध, गणेश भगवानको मुर्ति बनाउनुका साथै मानव सभ्यता, भेषभुषा लगायतका प्रतिकात्मक मुर्ति बनाइने गलकोट कला प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए ।

अन्तराष्ट्रिय स्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिकलाका कृतिहरु संग्रहालय बनाएर राखिनेछ ।