राप्रपा कास्कीको विस्तारित वैठक सम्पन्न

714
views

सूर्य बाँस्तोला
पोखरा, ६, फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको विस्तारित बैठक सम्पन्न भएको छ । राप्रपाको २०७७ जेठ २५ गतेदेखि हुने केन्द्रीय महाधिवेशनको सन्दर्भमा सम्पन्न उक्त बैठक सम्पन्न भएको हो । बैठकले चैत्र १५ गतेसम्म सक्रिय सदस्यता वितरण गरिसक्नुपर्ने र १६ देखि २५ गते उक्त संकलित नामावली केन्द्रमा पठाउनुपर्ने, चैत्र २६ देखि बैशाख १० सम्म वडा, गाउँपालिका, नगरपालिकाको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने, बैशाख ११ देखि १७ गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिको निर्वाचन गरिसक्नुपर्ने, बैशाख १८ देखि २४ गतेसम्म प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको निर्वाचन गरिसक्नुपर्ने भन्ने केन्द्रको निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

साथै बैठकले केन्द्रीय सदस्य जयलाल पुनको संयोजकत्वमा १ सय ५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ । जिल्ला अध्यक्ष सहसंयोजकमा रहने उक्त समितिका सदस्यहरुमा जिल्ला केन्दीय सदस्यहरु, प्रदेशका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, भातृ संगठनका केन्द्रीय पदाधिकारी सदस्यहरु, भाृत संगठनका जिल्लाका पदाधिकारीहरु, क्षेत्रीय अध्यक्षहरु, महानगर अध्यक्ष, गाउँपालिका अध्यक्ष, वडा कमिटी अध्यक्षहरु सदस्यहरु रहनेछन् ।

बैठकले फागुन १८ गते १ नं. क्षेत्र, फागुन १९ दुई नम्बर क्षेत्र र फागुन २० गते तीन नम्बर क्षेत्रमा क्षेत्रीय कार्यसमिति विस्तारित बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

सोही अवसरमा फागुन ४ र ५ गते सम्पन्न मिडिया नेपालको बैठक तथा गण्डकी प्रदेश घोषणा सभामा सर्वसम्मत निर्वाचित हुनुभएका मिडिया नेपालका गण्डकी प्रदेश अध्यक्ष सूर्य बाँस्तोलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

प्रमुख अतिथि प्रदेश अध्यक्ष ई हेमजंग गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य, भातृ संगठन, इकाई अध्यक्षहरुको सहभागिता रहेको थियो । का.वा.अध्यक्ष गणेश बहादुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हरिप्रसाद बरालले गर्नुभएको थियो ।