मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीको शलयक्रिया हुँदै

555
views

काठमाडौं,२१, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण हुन लागेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा प्रधानमन्त्री ओलीको शल्यक्रिया हुँदैछ । शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने डा. उत्तम शर्माले जानकारी दिएका छन् ।

शल्यक्रियाअघि चिकित्सक तथा विशेषज्ञहरुको विशेष परामर्श बैठक बसेको थियो । अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

शल्यक्रियाका लागि डा.प्रेम ज्ञवालीको टोली र डा. उत्तम शर्माको टोली खटिएको एक टोलीले दाताकोे शल्यक्रिया गर्ने र अर्काे टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गर्नेछ । शल्यक्रियापछि कम्तीमा दस दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकहरुले दिएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भएका भारतीय चिकित्सक अनन्त कुमार पनि काठमाडौंमा छन् । उनलाई ब्याकअपको रुपमा राखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।