मौसम परिवर्तनसँगै ३६ जनामा डेंगु भेटियो

480
views

चैत, २, गते । मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोग पनि देखा परेको छ । प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरीमा गरेर ६ जनामा डेंगु देखिएको छ ।

प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा गरी ९ जनामा डेंगुको संक्रमण भेटिएको छ । गण्डकी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा २ जनामा डेंगु भेटिएको छ । त्यसैगरी प्रदेश नम्बर ५ मा १४ जना डेंगु संक्रमित भएका छन् ।

गत वर्षको जेठमा धरानबाट सुरु भएको डेंगु ६० भन्दा बढी जिल्लामा फैलिएको थियो भने ६ जना भन्दा धेरै मानिसको मृत्यु भएको थियो । यो वर्ष पनि डेंगुले उग्ररुप लिन सक्ने चिकित्सकहरुले बताइरहेका छन् ।