पनौतीको स्थिति साम्य पार्न कर्फ्यू

856
views

काभ्रे, ४, चैत । टिपरको ठक्करबाट सोमबार दिउँसो आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती बजारमा तनाव उत्पन्न भएको छ । उक्त तनावलाई साम्य पार्न बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रहरीले जनाएको छ ।

पनौती बसपार्कमा टिपरले दिएको ठक्करबाट खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएपछि आक्रोसित स्थानीयले सोमबार दिउँसोदेखि नै प्रदर्शन गरेका हुन ।

गाडी तोडफोडसहित जुलुसमा निस्किएपछि स्थानिय प्रसाशनले निषेधित क्षेत्र घोषणा गरेको हो ।