कालोबजारीलाई युवासंघले नछाड्ने

902
views

पर्वत, १०, चैत । राष्ट्रिय यवा संघ नेपाल पर्वतले विश्वव्यापी फैलिरहेको कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनिकरण गर्न पर्वतका विभिन्न स्थानहरुमा पर्चा पम्प्लेट टाँसेको छ ।

राष्ट्रिय यवा संघ नेपाल पर्वतका संयोजक थमनारायण पौडेलका अनुसार यो भाइरस नेपालमा नदेखिएपनि विश्वव्यापी फैलिएकोले नेपालमा पनि सर्तकता अपनाउनका लागि सार्वजनिक हितलाई मध्यनजर गरी संगठनकै आर्थिक लगानीमा पर्चा पम्प्लेट टाँसिएको हो ।

कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि जनचेतनाको आवश्यकता छ पौडेलले भने ‘हामीले सार्वजनिक स्थानमा टाँसेका पर्चाहरुमा संक्रमणबाट बच्ने उपायहरुसहितका जनचेतना जागृत गर्ने सामग्रीहरु टाँसेका छौं ।’

पौडेलले केरोना त्रासको फाईदा उठाउँदै उपभोग्य सामानमा हुनसक्ने कालोबजारी नहोस भन्नका लागि अभियान समेत थालेको बताए । उनले कसैले पनि भएका सामाग्रीहरु लुकाउने र मुल्य भन्दा महंगो लिएको पाइएमा सचेत बनाउने देखि प्रशासनलाई कार्वाही गर्न दबाब दिने बताए ।

युवासंघको अभियानमा संस्थापक अध्यक्ष मेघनाथ सुवेदी र पूर्व अध्यक्ष शिवप्रसाद पौडेलले युवा संघले सही समयमा सही निर्णय गरेको बताउँदै विश्वव्यापी स्वास्थ्य संकटको अवस्थामा कसैले फाईदा उठाउने कुचेष्टा गर्न नहुन भन्दै पहिलो त्रास हटाउन आवश्यक रहेको बताए ।