स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई सरकारको आह्वान

547
views

काठमाडौं, १२, चैत । सरकारले अन्तराष्ट्रिय बजारबाट औषधि र आवश्यक स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ । सरकारले व्यवसायीलाई शनिबारभित्र आपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया मिलाउन भनेको हो। यो विषयमा सरकारले बुधबार व्यवसायीसँग छलफल गर्न लागेको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), कोरोना परीक्षणका लागि आवश्यक किटलगायत अत्यावश्यक उपकरण र औषधि ल्याउनुपर्नेछ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आवश्यक स्वास्थ्य उपकरण बजारमा आपूर्ति नहुने र सरकारी तयारी गर्दा केही समय विलम्ब हुन सक्ने ठानी निजी क्षेत्रलाई आह्वान गरेको हो । अन्नपूर्ण पोस्टबाट