पेट्रोलियम पदार्थको मुल्य १० रुपैयाँ घट्यो

598
views

काठमाडौं, २०, चैत । पेट्रोलियम पदार्थको मुल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएसँगै बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरिएको आयल निगमले जनाएको छ । यस अघि पनि २ रूपैयाँ घटाएको थियो । डिजेल र मट्टीतेलको खुद्रा मूल्य पनि १०–१० रूपैयाँ घटाइएको छ ।