आयल निगमद्वारा कोरोना कोषमा ५० करोड सहयोग

475
views

काठमाडौं, २०, चैत । नेपाल आयल निगमले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको थियो ।