नीति विपरित बजार निस्किएका नियन्त्रणमा

803
views

सीताराम थापा
बाग्लुङ, २३, चैत्र । बाग्लुङमा आज बिहान बजारमा निस्किएका ४० जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले आईतवार बिहानै नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन कार्यान्वयनमा कडाई थालेको प्रहरीले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कने नीति लिदै नीति विपरित बजारमा हिडडुल गनेृलाई नियन्त्रणमा लिन थालेको हो ।

नीति विपरित बजारमा हिँडिरहेकालाई नियन्त्रणमा लिईएको र आजै चेतावनी दिएर छोडिने जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

‘दुध, पानी, तरकारी, औषधि जस्ता अत्यावश्यक सामग्री खरिदका लागि जानकारी दिएर जान दिईने उल्लेख छ । प्रहरी निरिक्षक रिजालले भने ‘एकदिन किन्दा चार दिनको सामान किन्न जानकारी दियकै हो।’ कोरोनाको महामारी फैलिन नदिनको लकडाउनको कार्यान्वयनमा उच्च सतर्कता अपनाईएको श्रोतको दाबी छ ।

प्रहरीले लकडाउन अबधिभर उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र कडाईका साथ निरन्तरता दिने बताईएको छ ।