कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेष्ट टोली परिचालन

788
views

काठमाडौं, २४, चैत्र । कोरोनाभाइरसको संक्रमित फेला परेका कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेष्टका लागि टोली परिचालन गरिएको छ । क्वारेन्टाइनमा रहेका सबैलाई र्‍यापिड डायगोनिस्टिक टेस्ट आरडीटी प्रविधिबाट परीक्षण गर्न टोली परिचालन गरिएको हो ।

त्यस्तै उपचारका क्रममा रहेका संक्रमित व्यक्तिहरुको वासस्थान वरपर आशंका गरिएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि आरडीटी प्रविधिबाट परीक्षण गरिनेछ । यसको साथै चैत महिनाभर विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोभिड–१९ परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

खरिपाटी क्वारेन्टिनमा रहेका ९४ जनाको रिपोर्ट ‘नेगेटिभ’

यससैबीच विदेशबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका ९४ जनामा कोरोना भाइरसको संक्रमण नदेखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाईनमा राखिएको थियो ।