कोरोना महामारीका बेला अस्पताल नआएका ५ चिकित्सक बर्खास्त

412
views

बुटवल, २६, चैत्र । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई बर्खास्त गरिएको छ । उनीहरु कोरोना संक्रमणको महामारीका बेला कामकाजमा आएका थिएनन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको थियो । तर, ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

हरेक दिन सामाजिक विकास मन्त्रालयमा कर्मचारीको हाजिरी पठाउनुपर्नेमा उनीहरुको हाजिरी नदेखेपछि बर्खास्ती गरिएको हो ।

रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।