र्‍यापिड टेष्टमा बाग्लुङकी एक महिलामा कोरोना पोजेटिभ, पून परिक्षणको तयारी

465
views

सीताराम थापा
बागलुङ, ३०, चैत्र । कोरोनाको जोखिम जिल्लाको सूचिमा रहेको बागलुङमा शुक्रबारदेखि थालिएको र्‍यापिड परिक्षणमा थप एक महिलामा कोरोना पोजिटिभ देखिएको छ ।

बागलुङको काठेखोला गाउँपालिकामा आइतवार ५७ जनाको ¥यापिड परीक्षण गरिएकोमा वडा नम्बर ६ बिहुँकी ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाईएको छ ।

र्‍यापिड परीक्षणका क्रममा एकजनामा कोरोना पोजेटिभ देखिएकोले उनलाई गाउँपालिकाकै क्वारेन्टाईनमा राखिएको छ । ती महिला भारतको तिर्थ यात्रा गएर फर्किएको बताईएको छ ।

रिपोर्ट पोजेटिभ देखिएकी उनको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि टेकु केन्द्रीय प्रयोगशालामा पठाउने तयारी भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए ।

अब शंकास्पद महिला उनको परिवार र सम्पर्कमा भएकाहरुलाई क्वारेन्टाइनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यसतर्फ पठाएउने तयारी समेत गरिएको छ ।