नयाँ बर्षमा २ जना कोरोना संक्रमित, संक्रमितको संख्या १४ पुग्यो

960
views

सीताराम थापा । नयाँ बर्षमा कैलालीको लम्किचुहान नगरपालिका–१ मा ६५ बर्षिय महिलाको कोरोनाको घोषणासंगै रौतहट जिल्लामा नयाँ कोरोना भाइरस संक्रमित फेला परेको सरकारले घोषणा गरेको छ ।

जिल्लामा क्वारेन्टाइनमा रहेका एकजना १९ वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोनासंक्रमितको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गरेको छ ।

आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् । उनी लगायत २ जनालाई र्या्पिड परिक्षणमा नेगेटिभ देखिएपनि  केन्द्रीय प्रयोगशालाले पोजिटिभ देखिएको जनाईएको  छ ।

हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।