लकडाउन वैशाख १५ सम्मका लागि थपियो

429
views

काठमाडौँ । सरकारले लकडाउनलाई १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिपद्को यस्तो निर्णय गरेको हो । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ ।

आजै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ ।