आई.एम.ई लाइफद्वारा स्वास्थ्य सामाग्री सहयोग

830
views

सीताराम थापा
बागलुङ, २०, बैशाख । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागलुङका स्वास्थ्य संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि पीपीई लगाएका सामग्रीहरू सहयोग गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुरयाउने उद्देश्यले सहयोग गरेको हो । कम्पनीले धौलागिरी उप प्रादेशिक अस्पतालल बागलुङ लाई ८ थान पीपीई सहयोग गरेको छ भने प्रत्येक पालिकाहरुमा मास्क तथा सेनिटाइजर सहयोग गरेको छ ।

अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मी हरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पीपीइ लगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे कंम्पनीले जनाएको छ ।

कोरोना भाइरस महामारीका संकटको घडीमा सानो सहयोगले पनि कोरोना भाईरस बिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कंम्पनीले गरेको छ ।

बागलुङ शाखा कार्यालय मार्फत जिल्लाका ४ वटा नगरपालिका तथा ६ वटा गाउपालिकामा समेत सेनिटाईजर र माक्स सहयोग गरेको शाखा प्रमुख इन्दीरा शर्माले वताईन् ।

कोरोना जोखिम न्यूनिकरण गर्न अस्पताल लाई विभिन्न संघ सस्था तथा व्यक्तिहरु वाट सहयोग आईरहेकोले सहयोगलाई आत्मसाथ गर्दे अस्पतालको सेवालाई थप प्रभावकारी वनाउने अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागलुङका ४ नगरपालिका तथा ६ वटा गाउँपालिकामा २७ सय थान माक्स र ६ सय वटा सेनिटाईजर सहयोग गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन एजेन्सी म्यानेजर तथा लिडरहरु मार्फत सहयोग गरेको सहयोग गरिएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका धौलागिरी एरिया म्यानेजर शिव प्रसाद शर्माले बताए ।