अब कक्षा एकदेखि नै संस्कृत

927
views

काठमाडौं, २५, बैशाख । सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषय पठनपाठन सञ्चालन गर्ने भएको छ । यही शैक्षिक सत्रदेखि संस्कृत विषय पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत विषयको पाठ्यक्रम स्वीकृति दिएको छ । संस्कृत विषयको नाम अस्माकम् संस्कृत (हाम्रो संस्कृत) दिइएको छ ।