भारतीय हस्तक्षेप विरुद्ध तनहुँमा विरोध

1682
views

तनहुँ, ३०, बैशाख । भारतीय बिस्तारवादको विरूद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ ले तनहूँमा विरोध कार्यक्रम गरेको छ ।

बन्दाबन्दीको बीच देजमोले तनहूँको सदरमुकाम दमौलीमा देजमो नेपाल ४ नं प्रदेश समितिको आयोजनामा भारतीय बिस्तारवादी हस्तक्षेप र ओली सरकारको बिरुद्दमा बन्दाबन्दीकै बिचमा बिरोध सभा सम्पन्न गरेको हो ।

सभाको अध्यक्षता र सञ्चालन देजमो नेपालका केन्द्रिय सदस्य एवम् ४ नं प्रदेश अध्यक्ष नेत्र रानाभाटले गरेका थिए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का बैकल्पिक केन्द्रिय सदस्य दिनेशले मन्तब्य राखेका थिए।