कोरोना संक्रमित बालकको स्वास्थ्यबारे मुख्यमन्त्री गुरुङद्वारा सोधपुछ

1071
views

पोखरा, ८, जेष्ठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को संक्रमण पुष्टि भएका लमजुङका बालकबारे सोधपुछ गरेका छन् ।

काठमाडौं बस्ने ति बालककी आमासँग बालकको स्वास्थ्य अवस्था र उपचारको प्रगतिका सम्बन्धमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बालककी आमासँग टेलिफोन मार्फत जानकारी लिदैं आवश्यक सहयोग गर्ने बताएका छन् ।

‘कुराकानीका क्रममा बालककी आमाले बालकको स्वास्थ्य अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।