सुदुरपश्चिमका नाकाबाट ४० हजार भित्रिए

595
views

काठमाडौं, १६, जेष्ठ । भारतका विभिन्न शहरबाट सुदूरपश्चिम प्रदेशको विभिन्न नाका हुँदै कम्तीमा चालिसहजार विना परिक्षण स्वदेश भित्रिएका छन् । जेठ २ गते यता चालिस हजार भन्दा बढी स्वदेश भित्रिएका हुन् ।

रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउने क्रम अझै जारी छ । गौरीफन्टा नाकाबाट २९ हजार भन्दा बढी भित्रिएका छन् । त्यसगरी, गड्डाचौकी नाकाबाट दश हजार भन्दा बढी नागरिकहरु स्वदेश भित्रिएका छन् ।

त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट ५ सय ७६ जना नेपाली भित्रिएका छन् । भारतमा अलपत्र परेका हजारौँ नेपालीलाई ल्याउन नेपाल भारत सीमा नाका खुल्ला गरिएसँगै उनीहरूको आउने क्रम बढ्दै गइरहेको छ । सीमा क्षेत्र तथा भारतको विभिन्न क्वारेन्टिनमा रहेका नेपालीलाई भित्राउने कार्य भइहेको छ ।

नेपाल भित्रनेलाई स्वास्थ्य परीक्षण नै नगरी स्थानीय तहका क्वारेन्टिनमा पठाइएको छ । भारतबाटै फर्किनेमा कोरोना पुष्टि भैरहेको समयमा यसले सुदुरपश्चिमका सबै जिल्लामा कोरोना संक्रमणको जोखिम बढाएको छ ।