झापामा थपिए २८ कोरोना संक्रमित

604
views

विराटनगर, १६ जेठ । झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको हो ।

शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ । कचनकवलमा मात्र एकसयजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।